राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपालमा जनसंख्या र बसोबास


    • राष्ट्रसेवक
    •    
    • September 26, 2022

  • रामजी घिमिरे, शाखा अधिकृत

    सामान्य अर्थमा कुनै सीमाभित्र एक समयमा बसोवास गरेका व्यक्तिहरुको समूह जनसंख्या हो। बृहतरुपमा हेर्दा जनसंख्या अन्तरगत बहुआयामिक पक्षहरु पर्दछन्, देशभित्र बसोवास गर्ने मानिसहरुको विशेषत क्षेत्रगत, भाषागत, जातिगत, शैक्षिक अवस्था, रोजगारीको अवस्था आदिका आधारमा गरिने अध्ययन पनि यस अन्तर्गत गरिन्छ। Population typically refers to the number of people in a single area, whether it be a city or town, region country, continent, or the world. Government typically quantify the size of resident population, within their jurisdiction using a census, a process of collecting analyzing, compiling and publishing data regarding a population :Wikipedia

    जनसंख्याको आकार, बनावट र वितरणमा जन्म, मृत्यु र बराईसराईले असर गरको हुन्छ। जनसंख्या प्राप्त गर्ने स्रोतको रुपमा मुख्य मुख्य रुपमा जनगणनालाई लिइन्छ । जनगणनाले व्यवस्थित रुपमा जनसंख्याका आधार, विशेषताका बारेमा जानकारी दिन्छ।

    जनसंख्या परिवर्तनका तत्वहरु

    • जन्म
    • मृत्यु
    • बसाइसराई
    • सामाजिक विकृति
    • अव्यवस्थित शहरीकरण
    • सार्वजनिक सुरक्षामा चुनौती
    • स्रोत साधन सेवामा अधिक चाप

    नेपालमा जनगणनाको इतिहास

    नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना गर्ने काम सरु भएको र त्यसपछि लगभग प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ। वि.स. १९९८ सालसम्म भएका जनगणना Head count का रुपमा मात्र सीमित थियो भने वि.स. २००९/११ सालदेखि सञ्चालन भएका जनगणनाहरु जनसंख्याका विशेषता समेत संकलन गरिएका कारण आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छ। ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने मुल नाराका साथ सम्पन्न भएको २०७८ सालको जनगणना १२ औं जनगणना हो। २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाका केही तथ्याङ्कहरु निम्नानुसार छन् ।

     

    • राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा नेपालको नयाँ नक्साको सम्पूर्ण भुभाग समेटिएको जसअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० जना पुगेको छ। जुन दशवर्ष अघि २०६८ को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६, ९७,९७६ ले बढी हो। यसरी १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ। कुल जनसंख्याको १,४२,९१,३११ (४८.९६ प्रतिशत) पुरुष र १,४९,०१,१६९ (५१.०४ प्रतिशत) महिला छ। जसअनुसार लैङ्गिक अनुपात ९५.९१ हुन आउँछ।

     

    नसंख्या व्यवस्थापन

    मुलुकमा उपलब्ध हुने स्रोत साधन तथा राष्ट्रको तत्कालिन आवश्यकता अनुसारको जनसंख्याको आकार बनाउने प्रक्रियालाई जनसंख्या व्यवस्थापन भनिन्छ। जनसंख्यालाई प्रभाव पार्ने तत्वहरुको उचित नियन्त्रण सेवा, सुविधा र अवसरले धान्ने गरी जनसंख्याको परिचालन र निर्धारण गर्ने कार्य हो। जनसंख्याको उचित व्यवस्थापन नहुँदा अभाव, भोकमरी, गरिवी, अव्यवस्थित जीवन जस्ता समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ।

    जनसंख्या व्यवस्थापनका उद्देश्य

    • जनसंख्या र उपलब्ध स्रोतबीच आपसमा सन्तुलन कायम गर्नु
    • जनसंख्याको वाञ्छित आकार कायम राख्नु
    • वातावरणीय सन्तुलन कायम राख्नु
    • आधारभूत आवश्यकताका वस्तुहरुको आपूर्ति प्रणालीलाई सहज तुल्याउनु
    • जनताका आधारभूत, विकासात्मक र आकस्मिक आवश्यकताहरुको सहज सम्बोधन गर्न
    • दीगो आर्थिक र समृद्धि हासिल गर्न

    जनसंख्या व्यवस्थापनमा देखिएका समस्याहरु

    • जनसंख्या व्यवस्थापनकालाई महत्वपूर्ण विषयका रुपमा नस्वीकार्नु।
    • जनसंख्या व्यवस्थापनको माटो सुहाउँदो नीतिको अभाव ।
    • जनसंख्या व्यवस्थापनको लागि प्रभावकारी तथ्याङ्क र खोज र अन्वेषण नहुनु
    • बसाईसराई लाई व्यवस्थित गर्न नसकिनु
    • अस्तव्यस्त सहरीकरण
    • आश्रितहरुको जनसंख्या वृद्धि
    • सामाजिक सुरक्षाका यथेष्ट कार्यक्रमहरुको अभाव
    • जनसंख्या शिक्षा र चेतनाको स्तर कमजोर
    • Population bonus use गर्न नसकिएको

     

    जनसंख्या व्यवस्थापनका लागि गरिएका प्रयास

    संवैधानिक

    • राज्यका नीतिमा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति
    • सामाजिक न्याय तथा समावेशीकरण सम्बन्धी नीति

    नीतिगत

    • राष्ट्रिय जनसंख्या नीति २०७१
    • जनसंख्या तथा विकाससम्बन्धी २० वर्षे (२०६७-२०८०) दीर्घकालीन योजना
    • १५ औं योजनामा लिइएका जनसंख्या सम्बन्धी नीति, रणनीति र कार्यनीतिहरु

    सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, सुरक्षित मातृत्व र सुरक्षित गर्भपतन लगायतका सेवालाई अधिकारमुखी कार्यक्रमको रुपमा विकास गर्ने।

    राष्ट्रिय शहरी नीति २०६४

    • जनसांख्यिक लाभांश सदुपयोग गर्न ज्ञान र सीपमा आधारित रोजगारका अवसर सिर्जना गर्ने ।
    • अधिकारमा आधारित लैंगिक समानता र समावेशीकरणको माध्यमबाट जनसंख्या र विकासमा मूलप्रवाहीकरण गर्ने।

     

    बसोवास

    कुनै निश्चित भुभागमा मानिसहरुको बासस्थानको समष्टि नै बसोवास हो। मानिसहरु निश्चित भुभागमा सामाजिक सांस्कृतिक अन्तरसम्बन्ध, सहिष्णु र अन्तरनिर्भरताका आधारमा सहजताका लागि सामुहिक रुपमा बसेका हुन्छ त्यो नै बसोवास हो।

    नेपालका अधिकांश ठाउहरुमा मानिसका घरहरु छरिएर रहेका छन्। हिमाली र पहाडी क्षेत्रमा मानिसहरुको बसोवास  टाढा टाढा भएको पाइन्छ। शहरी र बजार क्षेत्रमा मानिसहरुको बसोवास नजिक र घरहरु जोडिएका हुन्छन्। विकासका पूर्वाधारहरु बाटो, खानेपानी, सडक, विजुली, टेलिफोन आदिको निर्माण गर्न बाधा नपुग्ने गरी पूर्व योजना बनाएर बनेको वस्ती व्यवस्थित बसोवास हो। छरिएको वस्तीमा यी सेवा पुन्यादन खर्च बढी लाग्छ।

    नेपालको बसोवास सम्बन्धी तथ्याङ्कीय फलक (२०७८ सालको जनगणनाको प्रारम्भिक रिपोर्ट अनुसार)

     

    कुन जनसंख्या : २,९१,९२,४८०
    पुरुष : १,४२,९१,३११ (४८.९६ प्रतिशत)
    महिला १,४९,०१,१६९ (५१.०४ प्रतिशत)
    जनघनत्व: १९८

     

    भौगोलिक क्षेत्रको आधारमा

    हिमाली १७,१८,१०४ ६.०९ प्रतिशत ३४ (जनघनत्व)
    पहाडी १,१७,४८,५४८ ४०.२५ प्रतिशत १९२ (जनघनत्व)
    तराई १,५६,६५,८२८ ५३.६६ प्रतिशत ४६१ (जनघनत्व)

     

    प्रदेशगत आधारमा जनसंख्या वितरण

    प्रदेश जनसंख्या जनघनत्व प्रतिशत
    प्रदेश नं. १ ४९,७२,०२१ १९२ १७.०३ प्रतिशत
    मधेश प्रदेश ६१,२६,२८८ ६३६ २०.९९ प्रतिशत
    बागमती ६०,८४,०४२ ३०० २०.८४ प्रतिशत
    गण्डकी २४,७९,७४५ ११६ ८.४९ प्रतिशत
    लुम्बिनी ५१,२४,२२५ २३० १७.५५ प्रतिशत
    कर्णाली १६,९४,८८९ ६१ ५.५१ प्रतिशत
    सुदुर पश्चिम २७,११,२७० १३६ ९.२९ प्रतिशत

     

    सहर र गाउँमा बसोवास गर्ने जनसंख्याको अवस्था

    हाल सहरीकरण वृद्धि भइरहेको अवस्था छ। गाउँबाट सहरमा बसाईसराई गर्ने प्रवृत्ति रहेको छ नगरपालिकामा बसोवास गर्नेलाई सहरी जनसंख्या मानेर २०६८ को जनगणनामा ६३.१९ प्रतिशत पुगेकोमा २०७८ सालमा यो ६६.०८ प्रतिशत पुगेको छ। ग्रामीण जनसंख्या भने ३३.९२ प्रतिशत रहेको छ।

    क्षेत्र जनसंख्या प्रतिशत लैङ्गिक अनुपात
    सहरी १,९२,९१,०३१ ६६.०८ ९६.३५
    ग्रामीण ९९,०१,४४९ ३३.९२ ९५,०५

     

  • ताजा समाचार