काठमाडौँ ,१५ मंसिर। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को आज चार खेलहरू हुनेभएका छन् ।
जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् भने पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धामा हुनेछ । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने नपुग्ने २ देशको टुङ्गो लाग्नेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुदैछ।