काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागि प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।
देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जाने तयारी छ ।