राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम टिम


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • दोहा — कोस्टारिका विश्वकप २०२२ मा छनोट हुने अन्तिम टिम भएको छ । मध्य अमेरिकी देशले मंगलबार भएको अन्तरमहादेशीय प्ले अफमा न्युजिल्यान्डलाई १–० ले हरायो ।

    आर्सनलका पूर्व फरवार्ड जोएल क्याम्पबेलले दोहामा भएको खेलका तेस्रो मिनेटमा निर्णायक गोल गरे । न्युजिल्यान्ड दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो र त्यसयता उसले खेलमा फर्कन प्रयास सफल रहेन् ।

    कोस्टारिका कतारमा हुने विश्वकपको समूह ‘ई’ मा रहेको छ र त्यसमा उसले जर्मनी, स्पेन र जापानको सामना गर्नेछ । समग्रमा छैटौं पल्ट विश्वकपका लागि छनोट भएको कोस्टारिकाले लगातार तेस्रो विश्वकप खेल्दैछ ।

  • ताजा समाचार