राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पुरानो घरमा ‘कनन हरलता’


    • राष्ट्रसेवक
    •    
    • July 17, 2022

  • काठमाडौँ — रंगकर्मी कुन्दन थारुको डेब्यू निर्देशन रहेको नाटक ‘कनन हरलता’ सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुँदैछ । थारु समुदायमा प्रचलित किम्दबन्तीमाथि आधारित नाटक असार २५ देखि मञ्चनमा आएको हो । प्रदेश २ मा बोलिने बज्जिका भाषामा नाटक तयार भएको छ । हालै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ‘बहुभाषिक नाट्य उत्सव २०७९’मा छनोट भएको यो नाटक पुरानो घरमा ३१ गतेसम्म मञ्चन हुनेछ ।

    ‘बहुभाषिक नाट्य उत्सव २०७९’मा सातै प्रदेशका नाटक छनोट भई मञ्चन भएका थिए । त्यसमध्ये कुन्दन निर्देशित ‘कनन हरलता’ भने प्रदेश २ बाट छनोट भई असार १३ गते मञ्चन भयो । नाटकले पाएको प्रतिक्रियाले नै ‘कनन हरलता’लाई आफूले फेरि पुरानो घरको मञ्चमा प्रस्तुत गरेको कुन्दन बताउँछन् । यसअघि २०७६ मा ‘इलाम राष्ट्रिय लोक नाट्य महोत्सव’मा छनोट भई यो नाटक मञ्चन भएको थियो । त्यतिबेलाका कलाकारहरु अन्य नाटकमा व्यस्त भएपछि थारुले नयाँ टिमलाई ‘कनन हरलता’मा अभिनय गराएका छन् । ‘हालै महोत्सवमा नाटकको लाइट, स्टेज, प्रस्तुति, संगीत पाटोको तारिफ भयो । हाउसफूल दर्शकबीच नाटक देखाइएको थियो । कतिलाई भाषा बुझ्न पनि दिक्कत भएको थियो,’उनले भने ।