राष्ट्रसेवक
  • १२ साउन २०८१
  • शेयर बजार दाेहाेराे अङ्कले घट्दै २ हजार विन्दुभन्दा तल झर्‍याे


    • राष्ट्रसेवक
    •    
    • June 14, 2022

  • काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २६ विन्दुमा झरेकाे छ ।

    सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

    आज दुई सय २३ वटा कम्पनीकाे ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे चार कराेड ६७ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

    आज हिमालयन पावर पार्टनरकाे शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटे पनि आँधीखाेला लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।