काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।