राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पाती झार अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय पुरस्कार


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • नेपालको रैथाने वनस्पति र समग्र जैविक विविधताकै लागि खतरा बनेको पाती झार नियन्त्रण र अनुसन्धानमा सहयोग पुर्‍याएबापत नेपाली वैज्ञानिक सीर्जना महर्जन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने भएकी छन्  । अमेरिकी राष्ट्रपतिले खाद्य तथा कृषि सुरक्षाका लागि गठन गरेको ७ सदस्यीय विज्ञ सल्लाहकार समिति बिफाड (बोर्ड फर इन्टरनेसनल फुड एन्ड एग्रिकल्चर डेभलपमेन्ट) ले महर्जनलाई बिफाड स्टुडेन्ट अवार्ड–२०२१ दिने निर्णय गरेको हो  ।

    वनस्पति विभागमा वैज्ञानिक अधिकृतका रूपमा कार्यरत महर्जनले सन् २०२१ मा पातीझारमाथि विद्यावारिधि पूरा गरेकी छन् ।
    झट्ट हेर्दा तीतेपातीजस्तै देखिने यो झार २ मिटरसम्मको अग्लो हुन्छ । खेतबारी, सार्वजनिक स्थान, खुला क्षेत्र जताततै देखिने यो झारबाट निस्कने ‘एलोपेथिक रसायन’ ले माटोको अम्लीयपनालाई फेरबदल गर्छ, जसकारण अन्य बिरुवा उम्रन पाउँदैनन् ।