राष्ट्रसेवक
  • १२ साउन २०८१
  • इतिहास सम्बन्धी प्रश्नोत्तर


    • राष्ट्रसेवक
    •    
    • August 28, 2022

  • केदारप्रसाद खतिवडा शाखा अधिकृत

    केदारप्रसाद खतिवडा, शाखा अधिकृत

    १) नेपालमा जनसंख्या तथा वातावरण मन्त्रालयको स्थापना कहिले भएको हो ?

    वि.सं. २०५२ अश्विन ६ गते

    २) मिश्रको सभ्यतामा राजालाई के भनिन्थ्यो ?

    फराओ

    ३) हडप्पा कुन नदीको किनारमा रहेको छ ?
    राबी नदी

    ४) फ्रान्समा सन् १८१४ मा उदय भएको सामन्तवाद कहिलेसम्म कायम रहेको थियो ?

    सन् १७८९ सम्म

    ५) अमेरिकी युद्ध नायक थोमस जेफर्सनले अमेरिका कहिले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरे ?
    सन् १७७६ जुलाई ४

    ६) रुसको क्रान्ति सम्पन्न भएको दिन कसको नेतृत्वमा साम्यवादी शासन स्थापना भएको थियो ?
    भि आइ लेनिन

    ७) दोस्रो विश्व युद्धमा जर्मनीले कहिले आत्मसमर्थन गरेको थियो ?
    १९४५ मे ७

    ८) वंगालमा सन् १७५६ को कुन युद्धबाट अंग्रेजले प्रभुत्व कायम भयो ?

    प्लासीको युद्ध

    ९) असहयोग आन्दोलन हिंसात्मक भएपछि गान्धी कहिले पक्राउ परे ?
    सन् १९२२ मार्च १०

    १०) लिच्छवी कालमा दक्षिण कोलीग्राम भन्नाले कुन कुन ठाउलाई जनाउँदथ्यो ? लगन र मंगल

    ११) स्वामी सोमशेखरानन्द कुन राजाका पालामा नेपाल आएका थिए ?
    रत्न मल्ल

    १२) खोकनाको १२ वर्षे मेला कुन राजाले चलाएका हुन् ?
    अमर मल्ल

    १३) पाटनको सुन्दरी चोक निर्माण कुन राजाले गरे ?
    श्री निवास मल्ल

    १४) नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि प्रयोग गरेको नेपाल भारत बंगलादेश सम्मको मार्गको नाम के हो ?
    कांकडभित्ता फुलबारी बंगलाबन्ध मार्ग

    १५) नेपालको पूर्वी सिमाना मेची नदीसम्म विस्तार गर्ने राजा को हुन् ?

    पृथ्वीनारायण शाह

     

  • ताजा समाचार