राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षकमा निरन्तरता पाउँलान्?


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा खराब प्रदर्शन गर्‍यो। समूह ‘ए’ मा परेको नेपालले आफूले खेलेका तीनै खेलमा हार बेहोर्‍यो।

    कुवेतमा भएको छनोट अन्तर्गत समूहको पहिलो खेलमा युवा खेलाडीले भरिएको नेपाली टिमले जुझारू प्रदर्शन गर्‍यो। तर  एसियाको बलियो मध्येकै जोर्डनविरूद्ध नेपाल २-० ले पराजित भयो।

    दोस्रो खेलमा नेपालले घरेलु टिम कुवेतविरूद्ध ४-१ को हार बेहोर्‍यो। तेस्रो खेलमा भने नेपालले तीन वर्ष यताकै खराब खेल खेल्यो। नेपाल तेस्रो खेलमा इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भयो।

    तीन खेलमा १३ गोल खाएको नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सहभागी २४ टिम मध्ये सबैभन्दा कमजोर ठहरियो।

    खेलपछि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रतियोगितालाई सकारात्मक रूपमा लिने बताए।

    ‘हामीले धेरै सकारात्मक पक्षहरू पाएका छौं। कमजोरी पक्ष पनि रहे। आगामी सेप्टेम्बरमा हुने मैत्रीपूर्ण खेल अगाडि कमजोर पक्ष समाधान  गर्न आवश्यक छ,’ अलमुताइरीले भने, ‘यसको सबै दोष मलाई दिनुस्, खेलाडीहरूलाई नदिनोस्।’

  • ताजा समाचार