राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कीर्ते कागजात पेश गरी छात्रवृत्ति दाबी गर्ने कर्मचारीका छोराछोरीको आवेदन रद्द


    • राष्ट्रसेवक
    •    
    • June 14, 2022

  • काठमाडौँ । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झन्डै २ सय आवेदन रद्द भएका छन् । आवेदन रद्द भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालय श्रोतले जनाएको छ ।

    छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पुगेका र योग्यता पुगेका ६ सय ९९ जना छनौट भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले अस्वीकृत आवेदकलाई पनि १५ दिनभित्र उजुरी वा गुनासो दर्ता गर्न समय दिएको छ ।

  • ताजा समाचार