राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • व्यास नगरले गरेको कर्मचारीको बढुवा आयोगबाट बदर


    • राष्ट्रसेवक
    •    
    • June 14, 2022

  • तनहुँ । तनहुँको व्यास नगरपालिकाले गरेको कर्मचारीको बढुवा लोक सेवा आयोगले बदर गरेको छ ।

    गत साउनमा नगरपालिकाले १८ जना कर्मचारीलाई बढुवा गरेको थियो । त्यसका लागि नगरपालिकाले ३५ औँ नगर सभाबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास भएको थियो ।

    तर कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन बनाउँदा परामर्श नलिई बढुवा गरेको भन्दै आयोगले बढुवा बदर गरेको पत्र पठाएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

    आयोगमा उजुरी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा स्थलगत रुपमा निरीक्षण गर्दा आयोगको परामर्श बिना कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन जारी गरी बढुवा गर्ने गराउने काम कारबाही गरेको पाइएकाले सो ऐन अनुसार गरेका काम कारबाही प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ अनुसार बदर गरिएको आयोगले जनाएको छ ।

    नगरपालिकाले वडासहितदेखि सातौँ तहका अधिकृतहरु गरी १८ जनाको बढुवा गरेको थियो । तर आयोगको निर्णयसँगै उनीहरु पुन पहिलेकै पदमा घटुवा भएका छन् ।

    आयोगले कर्मचारीको सेवा, सर्त सम्बन्धी कानुन बनाउँदा तथा कानुन बनाई कर्मचारीको नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ९ को उपदफा (५) को व्यवस्थालाई अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ ।

  • ताजा समाचार