राष्ट्रसेवक
  • ०६ कात्तिक २०८१
  • फोहरलाई मोहर बनाउन मिल्दैन?


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • केही दिनअघि काठमाडौँबाट फोहोर उठाउन नसक्दा सडक वरिपरि फोहोर थुप्रियो। फोहोरले सहर नै दुर्गन्धित बनायो।

    अस्ति मात्रै कालिमाटी पुग्दा नगरपालिकाको गाडीले किटनाशक विषादी खुलेआम छरिरहेको थियो। तरकारी फलफूलका पसल खुल्ला मात्र होइन, मानिसहरू पनि निस्फिक्री हिँडिरहेका थिए।

    जनस्वाथ्यलाई असर गर्ने यस्ता विषयमा सामान्य सम्वेदनशीलता पनि नदेख्दा नरमाइलो लागे पनि मैले गर्न सक्ने केही थिएन। निरीह बनेर हेरेँ र केही तरकारी किनेर फर्किएँ।