राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • फुटको संघारमा जसपा, यादवमाथि तीन शर्त पूरा गर्न दबाब


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले पार्टीमा बहुमत पुर्‍याएर अध्यक्ष उपेन्द्र यादवलाई हटाउनेसम्मको प्रयास सुरू गरेको छ।

    भट्टराई पक्षले यादवसँग तीन वटा शर्त राखेको छ। भट्टराईनिकट एक नेताका अनुसार यादवले अहिलेसम्मको गतिविधिको आत्मालोचना गर्नुपर्ने, पार्टीमा अर्को अध्यक्ष चयन गर्नुपर्ने र सरकारमा गएका मन्त्रीहरू फेर्नुपर्ने शर्त छ।

    त्यो अवस्थामा मात्र अब पार्टी मिल्ने सम्भावना रहेको उनले बताए।

    ‘संसदीय दलमा हाम्रो बहुमत छ। १९ सांसद (एक निलम्बितबाहेक) मध्ये हामीसँग ११ जना छन्। तर केन्द्रीय कमिटीमा भने केही समस्या छ,’ भट्टराई निकट ती नेताले भने, ‘४९९ सदस्यीय केन्द्रीय कमिटीमा हाम्रो पक्षमा २ सय ३६ जना छन्। केन्द्रीय सदस्यहरूको संख्या अद्यावधिक गर्ने हो भने ४५० छन् होला। अद्यावधिक हुँदा हाम्रो बहुमत पुग्छ।’

    फागुनमा बसेको जसपा केन्द्रीय कमिटी बैठकले यादव, भट्टराई र अशोक राई रहेको स्टेरिङ कमिटी बनाएको थियो। तर यादवले दुई नेतासँग छलफल नगरी आफूखुसी स्थानीय तह निर्वाचनमा उम्मेदवार तय गरेको भट्टराई पक्षको आरोप छ। त्यसयता यादवले कार्यकारिणी बैठक समेत बोलाएका छैनन्।

    चुनावमा आफूहरू समर्थक जस्तो मात्रै भएको जसपा कार्यकारिणी सदस्य एवम् सांसद अमृता अग्रहरीले सेतोपाटीलाई बताइन्।

  • ताजा समाचार