राष्ट्रसेवक
  • १२ साउन २०८१
  • निर्वाचन क्षेत्र पूर्वाधारका नाममा प्रदेश सांसदलाई जनही १ करोड, रक्सी ब्राण्डिङ गर्ने योजना


    • राष्ट्रसेवक
    •    
    • June 16, 2022

  • १ असार, विराटनगर । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद १ करोड रुपैयाँ दिने गरी ९० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट भाषणका क्रममा  आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

    ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । प्रदेश सरकारले सरकारले पूर्वाधार विकास कार्यक्रमका लागि पनि ९० करोड रुपैयाँ नै विनियोजन गरेको छ ।