राष्ट्रसेवक
  • २३ भदौ २०८१
  • ‘ऋण तिरे पनि साहुले ५० लाखको जग्गा हडप्यो’


    • राष्ट्रसेवक
    •    
    • June 16, 2022

  • १ असार, विराटनगर । मोरङको जहदा गाउँपालिका– ७ मझारेका ४५ वर्षका महावीर चौधरी मलाहा झापामा खर्बुजा खेती गर्छन् ।

    झापाको माइखोला बगरमा १८ वर्षयता खेती गर्दै आएका उनले खर्बुजाको आम्दानीले २०६५ सालमा जहँदा– ७ मा ९ कट्ठा ६ धुर जग्गा किने ।

    पाँच विघा क्षेत्रमा खर्बुजा खेती गर्न हरेक वर्ष ऋण लिन्थे, खरबुजा उब्जनी भएपछि त्यही बेचेर ऋण तिर्थे । तर २०७२ सालको खर्बुजा खेती असिनाले सखाप पार्‍यो । त्यसपछि उनले प्रफुल्ल साहसँग लिएको एक लाख ऋण तिर्न सकेनन् ।

    ‘पत्थर गिरेपछि (असिना) ले खेती सखाप भयो, खेती गर्न प्रफुल साहसँग एक लाख ऋण लिएको थियो,’ महावीरकी लिलादेवीले भनिन् । प्रफुल्लले पैसा मागेपछि महावीरले पशुपति साहसँग चार लाख रुपैयाँ ऋण लिए । ‘पशुपतिको ऋण तिर्न सुदेशकुमार साहसँग पाँच लाख ऋण लिनुपर्‍यो’ लीलादेवीले भनिन् ।