राष्ट्रसेवक
  • १२ साउन २०८१
  • संविधान सम्बन्धी प्रश्नोत्तर


    • राष्ट्रसेवक
    •    
    • August 28, 2022

  • दिपक सेढाई
    प्रशासकिय अधिकृत
    सामाजिक सुरक्षा कोष, काठमाण्डौँ

    १. यो संविधान पालना गर्नु प्रत्येक…………को कर्तव्य हुनेछ ।
    क. व्यक्ति ख. नागरिक
    ग. समाज घ. देश

    २. वर्तमान संविधान नेपालको मुल कानून हो भनेर कति धारामा लेखिएको छ ?
    क. धारा २ ख. धारा १
    ग. धारा ३ घ. धारा ४

    ३. सार्वभौमसत्ता र राजकियसत्ताको (धारा २) सम्वन्धमा तलको मध्ये कुन चाहि भनाई ठिक छ ?

    क. सार्वभौमसत्ता र राजकियसत्ता दुवै राजामा निहित

    ख. सार्वभौमसत्ता र राजकियसत्ता दुवै नेपाली जनतामा निहित
    ग. सार्वभौमसत्ता राजामा र राजकियसत्ता जनतामा निहित
    घ. सार्वभौसत्ता जनतामा र राजकियसत्ता राजामा निहित

    ४. नेपाल कस्तो राष्ट्र (धारा ३) हो ?
    क. नेपाल वहुजातिय, वहुभाषिक, वहुधार्मिक र वहुसाास्कृतिक विशेषतायुक्त मुलुक हो ।

    ख. नेपाल वहुभाषिक, वहुधार्मिक, वहुसाास्कृतिक र वहुविशेषतायुक्त मुलुक हो ।

    ग. नेपाल वहुसांस्कृतिक, वहुधार्मिक, वहुजातिय र वहुभाषिक विशेषतायुक्त मुलुक हो ।

    घ. नेपाल वहुधार्मिक, वहुजातिय, वहुभाषिक र वहुसाास्कृतिक विशेषतायुक्त मुलुक हो ।

    ५. राष्ट्रभाषा (धारा ६) तलका मध्ये कुन हो ?
    क. मातृभाषा

    ख. नेपालमा वोलिने सवै मातृभाषा
    ग. नेपाली भाषा

    घ. देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा

    ६. नेपालमा सरकारी कामकाजको (धारा ७) लागि प्रयोग हुने भाषा कुन हो ?
    क. मातृभाषा

    ख. नेपालमा वोलिने सवै मातृभाषा

    ग. नेपाली भाषा

    घ. देवनागरिक लिपिमा लेखिएको नेपाली भाषा

    ७. राष्ट्रिय झण्डाको सम्वन्धमा तलको मध्ये कुन चााहि भनाई ठिक छ ?
    क. झण्डाको किनारा गाढा निलो रंगको हुन्छ
    ख. झण्डाको भुई सिम्रिक रंगको हुन्छ
    ग. झण्डाको माथिल्लो भागमा चन्द्रमा १६/८ कोणयुक्त र तल्लो भागमा सुर्य १२ कोणयुक्त हुन्छ ।
    घ. माथिका सबै

    ८. राष्ट्रिय गानको सम्बन्धमा तलका मध्ये कुुन चााहि भनाई गलत छ ?
    क. राष्ट्रिय गान वर्तमान संविधानको धारा ९ मा उल्लेख गरिएको छ ।
    ख. राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) र संगितकार अम्वर गुरुङ हुन् ।
    ग. वर्तमान राष्ट्रिय गानमा ८ हरफ, ४६ शव्द र १२८ अक्षर छन् ।

    घ. कुनै पनि गलत छैन ।

    (नोट : वर्तमान राष्ट्रिय गान लागु वि.स. २०६४ साउन १८ वाट लागु, राष्ट्रिय गान नभएको देश स्विटजरल्याण्ड, राष्ट्रिय गानमा धुन मात्र भएको देश वहराईन ।)

    ९.वर्तमान संविधानले कति प्रकारको नागरिकताको व्यवस्था गरेको छ ?
    क. ३ ख. ४
    ग. ५ घ. ६

    नोट: वंशज, अंगिकृत, सम्मानार्थ र गैरआवासिय नागरिकता

    १०. वर्तमान संविधानले कस्तो प्रकारको नागरिकताको व्यवस्था गरेको छ ?
    क. स्थानिय पहिचान सहितको एकल संघिय नागरिकता
    ख. संघीय पहिचान सहितको एकल स्थानिय नागरिकता
    ग. प्रादेशिक पहिचान सहितको एकल संघिय नागरिकता
    घ. प्रादेशिक पहिचान सहितको दुई संघिय नागरिकता

    ११. यो संविधान प्रारम्भ हुनुभन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको वावु र आमाबाट जन्मेको सन्तानले निज वालिग भएपछि तलको मध्ये कुन चााहि नागरिकता प्राप्त गर्दछ ?

    क. वंशज ख. अंगिकृत
    ग. सम्मानार्थ घ. गैरआवासिय

    १२. नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नावालक निजको वावु र आमा फेला नपरेसम्म तलको मध्ये कुन चााहि नागरिकता प्राप्त गर्दछ ?

    क. वंशज ख. अंगिकृत
    ग. सम्मानार्थ घ. गैरआवासिय

    १३. नेपालको नागरिक आमाबाट नेपालमा जन्म भै नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई तलको मध्ये कुन चााहि नागरिकता प्रदान गरिन्छ ?

    क. वंशज ख. अंगिकृत
    ग. सम्मानार्थ घ. गैरआवासिय

    १४. नेपाली नागरिकसाग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून वमोजिम कुन चााहि नागरिकता प्राप्त गर्दछ ?

    क. वंशज ख. अंगिकृत
    ग. सम्मानार्थ घ. गैरआवासिय

    १५. विदेशी नागरिकसाग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून वमोजिम कुन नागरिकता प्राप्त गर्दछ ?
    क. वंशज ख. अंगिकृत
    ग. सम्मानार्थ घ. गैरआवासिय

    १६. गैरआवासीय नेपाली नागरिकलाई तलको म ध्येकुन अधिकार प्रदान गरिएको हुँदैन ?
    क. आर्थिक ख. सामाजिक
    ग. सांस्कृतिक घ. राजनैतिकं

    नोट: गैरआवासिय नेपाली नागरिक हुनको लागि सार्क मुलुक वाहेक अन्य देशमा वसोवास गरेको हुनुपर्दछ ।
    लैगिंक पहिचान सहितको नागरिकता प्राप्त गर्ने आधार कुन हो ?
    क. वावु र आमा
    ख. आमा र वावु
    ग. वावु वा आमा
    घ. आमा वा वावु

    १७. वर्तमान संविधानले कति वटा मौलिक हकको व्यवस्था गरेको छ?
    क. २१ ख. ३१
    ग. २२ घ. ३२

    १८. वर्तमान संविधानले नेपालको अन्तरिम संविधान २०६३ ले भन्दा थप कति वटा मौलिक हकको व्यवस्था गरेको छ ?
    क. ९ ख. ११
    ग. १० घ. १२

    १९. मृत्युदण्डको सजाय दिने गरी कानून वनाउन नपाइने हक कुन मौलिक हक अन्तर्गत पर्दछ ?
    क. सम्मानपूर्वक बाँच्न पाउने हक ख. स्वतन्त्रताको हक
    ग. समानताको हक घ. सञ्चारको हक

    २०. लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गर्न नपाइने कुरा कुन मौलिक हक अन्तरगत पर्दछ ?
    क. महिलाको हक ख. श्रमको हक
    ग. समानताको हक घ. सामाजिक न्यायको हक

     

    सही जवाफलाई बोल्ड गरिएको छ ।