राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सामान्य ज्ञान प्रश्नोत्तर सेट


    • राष्ट्रसेवक
    •    
    • August 30, 2022

  • केदारप्रसाद खतिवडा, शाखा अधिकृत

    १) मदन पुरस्कार, २०७८ देहायमध्ये कसलाई प्रदान गरियो ?
    A. नेत्र मणी जोशी B. झमक कुमारी घिमिरे
    C. जीवन राजोपाध्याय D. नवराज लम्साल

    २. तलको मध्ये कुन ठीक छैन ?
    A. माउन्ट मेकिनले दक्षिण अमेरिकामा पर्दछ ।
    B. माउन्ट किलिमञ्जर अफ्रिकामा पर्छ ।
    C. माउन्ट एलवु्रस युरोपको पर्वतमाला हो ।
    D. अष्ट्रेलिया युरोपभन्दा सानो छ ।

    ३. तलका जलवायु परिवर्तनका कथन मध्ये कून भनाई ठिक होईन ?
    A. समुन्द्रमा पानीको मात्रा वढेको प्रमुख कारण तापक्रम वृद्धि र हिउँ पग्लनु हो ।
    B. जलवायु परिवर्तनले गर्दा भूमध्य क्षेत्रमा वर्षाको मात्रा वढेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाको मात्रा घटेको छ ।
    C. जलवायु परिवर्तनले गर्दा वनस्पति र जनावरको स्वभावमा समेत परिवर्तन हुन थालेको छ ।
    D. तापक्रम वृद्धिले पृथ्वीको धुव्रीय क्षेत्रको हिउँ पग्लने क्रममा वृद्धि भएको छ ।

    ४. विश्वको सबैभन्दा गहिरो ताल कुन हो ?
    A. जाम्वेजी B. बाल्खास
    C. बैकाल D. सुपेरियर

    ५. पुनर्जागरण कालका प्रथम व्यक्ति कसलाई मानिन्छ ?
    A. जेम्स द्वीतीय B. बेकन
    C. दाते  D. थोमस जेफरसन

    ६. अमेरिकी युद्ध नायक थोमस जेफरसनले अमेरिका कहिले वेलायती उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरेका थिए ?
    A. सन् १७७६ B.सन् १७७३
    C. सन् १७८३ D.सन् १७८६

    ७. वि.सं. २०६३ वैसाख ११ मा पुर्नस्थापित प्रतिनिधिसभाको प्रथम अधिवेशन वैठक कहिले प्रारम्भ भएको थियो ?
    A. वि.सं. २०६६ वैसाख १३ B. वि.सं. २०६५ वैसाख १५
    C. वि.सं. २०६६ जेष्ठ १५ D. वि.सं. २०६३ वैसाख १५

    ८. नेपालमा राणाशासनको विरोधमा जयन्तु संस्कृतम आन्दोलन कहिले प्रारम्भ गरिएको थियो ?
    A. वि.सं. २००४ अषाढ १ B. वि.सं. २००५ असाढ ४
    C. वि.स. २००३ अषाढ १ D. वि.सं.२००४ असाढ १०

    ९. पाटन ढोकाको अर्को नाम के हो ?
    A. मेनिगल B. तुसाहिटी
    C. ललितपुर D. हनुमान ढोका

    १०. तल दिएका मध्ये कुन गलत छ ? छनौट गर्नुहोस् ।
    A. सिद्धार्थ गौतमको सारथीको नाम कन्थक हो ।
    B. छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ ।
    C. चौध वर्षसम्म भरतले राज्य गरेको ठाउा नन्दिग्राम हो ।
    D. सबैभन्दा धेरै दुई हजार वूद्धको मुर्ती भएको गुफा चिनमा छ ।

    ११. चागु नारायणको मन्दिर कुन शैलीमा बनेको छ ?
    A. राजपुत शैली B. प्यागोडा शैली
    C. युरोपेली शैली D. ह्र्मय शैली

    १२. निम्न मध्ये कुन राष्ट्रिय गौरवको आयोजना हो ?
    A. राष्ट्रिय चुरे संरक्षण कार्याक्रम B. पशुपति क्षेत्र विकास आयोजना
    C. पञ्चेश्वर जलविद्युत आयोजना D. माथिको सबै हुन् ।

    १३. महेन्द्र राजमार्गले छुने दुई पहाडी जिल्लाहरू कुन–कुन हुन् ?
    A. मकवानपुर र गुल्मी B. मकवानपुर र काभ्रेपलाञ्चोक
    C. मकवानपुर र अर्घाखाची D. मकवानपुर र सिन्धुली

    १४. दरवार हाइस्कुलको प्रथम नेपाली हेडमास्टर को हुन् ?
    A. रुद्रराज पाण्डे B. राममणी आ.दी
    C. भवानी भिक्षु    D. केशवराज पिडाली

    १५. संयुक्त राष्ट्रसंघले कति सम्मको आवाजलाई शान्त मानेको छ ?
    A. ४५ डेसिवल B. ४० डेसिवल
    C. ६० डेसिवल D. ६५ डेसिवल

    १६. “अर्थ वाच” के सँग सम्बन्धीत छ ?
    A. वातावरण B. पृथ्वी र यसको वनावट
    C. वन संरक्षण D. जलवायु परिवर्तन

    १७. वातावरण क्षेत्रको पुरस्कार ‘Galante conservation Award’ पाउने पहिलो नेपाली को हुन् ?
    A. महाविर पुन    B. डा. सन्दुक रुइत
    C. महेशचन्द्र रेग्मी D. मुकेश कुमार चालिसे

    १८. तलको उत्तरहरू मध्ये कुन सही हो ?
    1. नेपाल परिवार नियोजन संघको स्थापना वि.सं. २०१६ मा भएको हो ।

    2. नेपालको जनगणना २०६८ टाउको गणना बिधीबाट लिइएको थियो ।

    3. ओजन तहमा क्षती पुर्‍याउने कार्यमा सर्वाधिक भूमिका पुर्‍याउने ग्यास क्लोरोफ्लोरो कार्वन हो ।
    छ।

    4. नेपालमा केन्द्रीय वैङ्क तथा वाणीज्य वैङ्कहरूको सुधारका लागि संचालन गरिएको कार्यक्रम शासकीय सुधार कार्यक्रम हो । (Structural Adjustment programmer.)

    A. 1 र 4 ठिक, 2 र 3 बेठिक B. 1 र 4 बेठिक, 2 र 3 ठिक
    C. 1 र 2 मात्र ठिक D. 1, 2 र 3 ठिक, 4 बेठिक

    १९. काठमाण्डौ उपत्यकाभित्र कतिवटा ऐतिहासिक वस्तीहरू रहेका छन् ?
    A. ३९ वटा B. २९ वटा
    C. १९ वटा D. ३० वटा

    २०. कुनै पनि “ग्यासको मिश्रणको कुल चाप प्रत्येक स्वतन्त्र ग्यासको अपूर्ण चापको जोडसाग बराबर हुन्छ” यो नियमका प्रतिपादक को हुन् ?
    A. थोमस एल्वा एडिसन B. आर्किमिडिज
    C. अल्वर्ट आइन्सटाइन D. जोन डाल्टन

    सही जवाफलाई बोल्ड गरिएको छ ।