राष्ट्रसेवक
  • ११ साउन २०८१
  • संबैधानिक प्रश्नोत्तर


    • राष्ट्रसेवक
    •    
    • August 30, 2022

  • दिपक सेढाई

    प्रशासकिय अधिकृत
    सामाजिक सुरक्षा कोष,

    १. कानून वमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई पनि वाध्य नपारिने कुरा कुन मौलिक हक अन्तर्गत पर्दछन् ?
    क. सूचनाको हक ख. गोपनियताको हक
    ग. सञ्चारको हक घ. न्याय सम्बन्धी हक

    २. सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक कुन मौलिक हक हो ?
    क. सम्पत्तिको हक ख. दम्पत्तिको हक
    ग. महिलाको हक घ. समानताको हक

    ३. संकटकालिन अवस्थामा पूर्ण अवस्थामा निलम्वन हुने मौलिक हक तलका मध्ये कुन हो ?
    क. सम्मानपूर्वक बााच्न पाउने हक ख. सम्पत्तिको हक
    ग. अपराध पिडितको हक घ. यातना विरुद्धको हक

    नोट : संकटकालिन अवस्थामा पूर्ण रुपले निलम्वन हुने मौलिक हकहरु ८ वटा छन् । जसअन्तर्गत आवासको हक, उपभोक्ताको हक, रोजगारीको हक, गोपनियताको हक, सम्पत्तिको हक, सूचनाको हक, श्रमको हक, निवारक नजरवन्द विरुद्धको हक,

    ४. वर्तमान संविधानले थपेको मौलिक हक तलका मध्ये कुन हो ?
    क. सम्मानपूर्वक वाच्न पाउने हक ख स्वतन्त्रताको हक
    ग. समानताको हक घ. संचारको हक

    नोट : वर्तमान संविधानले १० वटा मौलिक हकहरु थप गरेका छन् । जसअन्तर्गत, सामाजिक सुरक्षाको हक, भाषा र संस्कृतिको हक, स्वास्थ्यको हक, ज्येष्ठ नागरिकको हक, दलितको हक, सम्मानपूर्वक वााच्न पाउने हक, आवासको हक, खाद्यको हक, उपभोक्ताको हक र अपराध पिडितको हक

    ५. यो संविधान कार्यान्वयन भएको मितिले कति वर्षभित्र मौलिक हकहरुको कार्यान्वयनको सन्दर्भमा कानून वनाई सक्नु पर्ने व्यवस्था छ ? ९ धारा ४७०
    क. २ वर्ष ख. ३ वर्ष
    ग. ४ वर्ष घ. ५ वर्ष

    ६. नागरिकका कर्तव्यहरु वर्तमान संविधानको धारा कति उल्लेख गरिएको छ ?
    क. धारा २८ ख. धारा ४८
    ग. धारा ३८ घ. धारा ४९

    ७. तलका मध्ये नागरिकका कर्तव्य कुन हो ?
    क. राष्ट्रप्रति निष्ठावान हुादै नेपालको राष्ट्रियता,सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
    ख. संविधान र कानूनको पालना गर्नु,
    ग.राज्यले चाहेको वखत अनिवार्य रुपमा सेवा गर्नु,
    घ. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु

    ङ. माथिका सवै

    ८. राज्यको निर्देशक सिद्धान्त ९ धारा ५०० को सन्दर्भमा तलको मध्ये कुन चााहि क्रम ठिक छ ?
    क. अन्तर्राष्ट्रिय, आर्थिक, सामाजिक तथा साास्कृतिक र राजनीतिक उद्देश्य
    ख. सामाजिक तथा साास्कृतिक, राजनीतिक, आर्थिक र अन्तर्राष्ट्रिय उद्देश्य
    ग. राजनीतिक, आर्थिक, अन्तर्राष्ट्रिय र सामाजिक तथा सास्कृतिक उद्देश्य
    घ. राजनीतिक, सामाजिक तथा साास्कृतिक, आर्थिक र अन्तर्राष्ट्रिय उद्देश्य

    ९. नेपालको संविधानले कति वटा राज्यका नीतिहरु अवलम्वन छ ?
    क. ११ ख. १२
    ग. १३ घ. १४

    नोट : वर्तमान संविधानको धारा ५१ मा १३ वटा राज्यको नीतिहरु उल्लेख गरिएको छ । जसलाई सम्झने तरिका : रारा सअ कृवि प्रान श्र सान्या पअ

    रा- राष्ट्रिय एकता र राष्ट्रिय सरक्षा सम्वन्धि नीति

    रा- राजनीतिक तथा शासन व्यवस्था सम्वन्धी नीति
    स-सामाजिक तथा साास्कृतिक रुपान्तरण सम्वन्धी नीति
    अ- अर्थ, उद्योग र वाणिज्य सम्वन्धी नीति
    कृ-कृषि र भुमिसुधार सम्वन्धी नीति
    वि- विकास सम्वन्धी नीति
    प्रा- प्राकृतिक साधन र स्रोतको संरक्षण, संवद्र्धन र उपयोग सम्वन्धी नीति
    न-नागरिककको आधारभुत आवस्यकता सम्वन्धी नीति
    श्र- श्रम र रोजगार सम्वन्धी नीति
    सा- सामाजिक न्याय र समावेशिकरण सम्वन्धी नीति
    न्या- न्याय र दण्ड सम्वन्धी नीति
    प-पर्यटन सम्वन्धी नीति
    अ-अन्तर्राष्ट्रिय सम्वन्ध सम्वन्धी नीति

    १०. वर्तमान संविधानको दोस्रो संशोधन कहिले भयो ?
    क. २०७८ असार ४ ख. २०७७ असार ४
    ग. २०७८ साउन ४ घ. २०७७ साउन ४

    नोट : अनुसुचि ३ लाई संशोधन गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सा समावेश गरिएको, जसअनुसार हाल नेपालको क्षेत्रफल १४७५१६ वर्ग कि.मि, पहिलाको भन्दा ३३५ वर्ग कि.मि ले बढी ।

    ११. राज्यको दायित्व ९धारा ५२० सम्बन्धमा तलका मध्ये कुन चााहि भनाई ठिक छ ?
    क. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अक्षुण्ण राख्नु
    ख. मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवद्र्धन गर्नु
    ग. राज्यको निर्देशक सिद्धान्तहरुको अनुसरण तथा राज्यको नीतिहरुको क्रमश कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत वनाउने
    घ. माथिको सबै

    १२. राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनको सम्वन्धमा गरेका काम र प्राप्त उपलव्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले को समक्ष पेश गर्नुपर्दछ ? ९ धारा ५३०
    क. प्रधानमन्त्री ख. राष्ट्रपति
    ग. प्रधानन्यायधिश घ. संघीय संसद

    १३. राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन भए वा नभएको सम्वन्धमा अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था वर्तमान संविधानको धारा कतिमा उल्लेख गरिएको छ ?
    क. धारा ५३ ख. धारा ५४
    ग. धारा ५५ घ. धारा ५६


    १४. भाग ५ के सँग सम्वन्धित छ ?
    क. राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व
    ख. मौलिक हक र कर्तव्य
    ग. राज्यको संरचना र राज्यशक्तिको वाँडफाँड
    घ. राष्ट्रपति र उपराष्ट्रपति सम्वन्धी व्यवस्था


    १५. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने कुरा कति धारामा उल्लेख गरिएको छ ?

    क. धारा ५६ (१) ख. धारा ५६ (२)
    ग. धारा ५६ (३) घ. धारा ५६ (४)

    १६. तलका मध्ये स्थानिय तह कुन होइन् ?
    क. गाउपालिका ख. नगरपालिका
    ग. जिल्ला सभा घ. जिल्ला समन्वय समिति

    १७. जोडा मिलाउनुहोस् ।
    समुह क                                                समुह ख
    क. राज्यको संरचना                                 १. धारा ५९
    ख. राज्यशक्तिको वाडफाड                     २. धारा ५८
    ग. अवशिष्ट अधिकार                                ३. धारा ५७
    घ. आर्थिक अधिकारको प्रयोग                    ४. धारा ५६

    उत्तर :
    A. क४, ख३, ग२, घ१
    B. क१, ख२, ग३, घ४
    C. क३, ख२, ग१, घ४
    D. क३, ख४, ग२, घ१

    १८. अवशिष्ट अधिकारको प्रयोग कसले गर्दछ ?
    क. संघ ख. प्रदेश
    ग. स्थानीय घ. संघ, प्रदेश र स्थानीय सबैले

    १९. नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई कति प्रकारको अनुदान प्रदान गर्दछ ?
    क. ३ ख. ४
    ग. ५ घ. ६

    २०. नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहलाई तलकामध्ये कुन अनुदान प्रदान गर्दैन ?
    क. वित्तिय समानिकरण अनुदान ख. निशर्त अनुदान
    ग. समपुरक अनुदान घ. विशेष अनुदान