राष्ट्रसेवक
  • १२ साउन २०८१
  • शासनको आधारभुत पक्ष र विषेशताहरु


    • राष्ट्रसेवक
    •    
    • August 31, 2022

  • केदारप्रसाद खतिवडा
    शाखा अधिकृत

    उत्तरः शासन

    -शासन राजकीय मामिलाको प्रवन्ध हो । यो राज्यलाई मार्गदर्शन गर्न सम्प्रभुले अबलम्बन गर्ने पद्दती र मापदण्ड हो ।

    -राज्य व्यवस्था सञ्चालन गर्न जे जस्ता विधि, तरिका, पद्धती, अबलम्बन गरिन्छ र यस्ता विधी तरिका र पद्दतीबाट जे जस्ता विकास र सेवा प्रवाहका क्रियाकलाहरु सम्पन्न हुन्छन त्यसको समष्टि शासन हो।

    -अनौपचारीक रुपमा शासनको सुरुवात मानव जातीको उत्पत्तिसँगै भएको भएता पनि औपचारिक रुपमा शासनको राज्य को विकास सँगै भएको हो र राज्य रहेसम्म शासन कायम रहन्छ ।

    – सुरुमा राजतन्त्रात्मक, केन्द्रिकृत, एकात्मक र एकस्तरीय स्वरुपबाट सुरु भएको शासन व्यवस्थामा समय क्रमसँगै स्वरुप, दायरा, पद्धती, शैली र प्राथमिकतामा विकास हुदै गणतन्त्रात्मक विकेन्द्रिकृत संघीय देखि बहुस्तरीय पद्दती सम्म आइपुगेको छ ।

    – आज जुनसुकै शासन व्यवस्था (राजतन्त्रात्मक वा लोकतान्त्रिक तथा संघात्मक वा एकात्मक) अवलम्बन गरिए पनि कानुनको शासन र लोककतान्त्रीक मुल्य र मान्यतामा आधारीत जनता जनमैत्री शासन हुनुपर्ने कुरा स्थापित भइसकेको छ।

    – नेपालले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको छ।जसलाई नेपालको संविधानको प्रस्तावनामै स्वीकार गरिएको छ ।

    शासनका आधारभूत पक्षहरु
    शासनका आधारभूत पक्षहरु देहाय बमोजिम छन् ।

    संरचनागत पक्षहरु

    सार्वभौमसत्तासम्पन्न राज्य

    संवैधानिक सरकार

    निश्चित भौगोलिक अवस्थिती

    जनसंख्या

    अन्तर्राष्ट्रिय पहिचान र मान्यता

    संविधान, कानून तथा नीति

    स्रोत साधन तथा अन्य पूर्वाधार संरचना

    सांगठनिक संरचना

    राजनीतिक र प्रशासनिक संरचना

    गुणात्मक पक्षहरु

    लोकतन्त्र र मानवअधिकार

    कानूनको शासन र हिंसारहितता

    समानुपातिक समावेशिता र सहभागीता

    सुशासन र सदाचार

    जनअपेक्षित विकास र सेवा प्रवाह

    विकेन्द्रिकरण र स्थानिय स्वायत्त्त शासन

    शासनका विशेषताहरु
    शासनका विशिष्ट गुण अर्थात यसको पहिचान तथा यसको मौलिकताका विषय नै शासनका विशेषता हुन।शासनका विशेषताहरु देहाय बमोजिम छन् ।

    मौलिक तथा आधारभूत विशेषताहरु

    राज्य व्यवस्था सञ्चालन गर्ने प्रक्रिया

    सामाजिक विज्ञान

    देश, समय र परिस्थिति सापेक्ष

    निरन्तर प्रक्रिया

    राज्य शक्तिको प्रयोग
    – नियमन र नियन्त्रण शक्ति
    – coercive power

    समाजलाई व्यवस्थित तुल्याउने पद्दति

    वाह्य सुरक्षा चुनौतीसँग लड्ने संयन्त्र

    कार्यपालीका, व्यस्थापिका र न्यायपालिकिय प्रणाली

    बहुपक्षिय सम्बन्ध।

    आधुनिक विशेषताहरु
    आधुनिक शासन भनेको कानुनमा आधारित लोकतान्त्रिक मूल्य र मान्यताले युक्त सहभागितामूलक शासन हो यस्तो किसिमको शासनको विशेषतालाई शासनको आधुनिक विशेषता भित्र पर्दछन् जो देहाय बमोजिम छन् ।

    नागरिक सर्वोच्चता

    संविधानवाद र विधिको शासन

    प्रतिनिधिमूलक प्रजातन्त्र

    मानव अधिकार र मौलिक हकको प्रवर्द्धन

    समावेशि र सहभागीतामूलक

    सुशासन र सदाचार

    शक्ति पृथकिकरण, नियन्त्रण र सन्तुलन

    सामाजिक न्याय र सामाजिक समानता

    विकेन्द्रिकरण

    बहुमतको सरकार र अल्पमतको शिर्जनशिल प्रतिपक्ष

    पार्दर्शिता तथा जवाफदेहिता

    सहअस्तित्व र सद्भाव

    बहुपात्रको उपस्थिति र सञ्जालिकरण

    राष्ट्र र जनताको वृहत्तर हित

    भ्रष्टाचारमूक्त, चुस्त र छरितो प्रशासन

    सेवा प्रवाहको प्रभावकारिता।

    निष्कर्षः
    नागरिकलाई केन्द्रविन्दुमा राखेर सञ्चालन गरीने आजको शासन व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता र संविधानवादका मूल्यबाट सुसज्जीत हुनु अनिवार्य छ। पारदर्शीता, जनसहभागीता, जनउत्तरदायी, वस्तुनिष्ठ, विधिमा आधारित, समन्यायीकता जस्ता गुणबाट अलंकारित आजको शासन भन्नु नै सुशासन हो ।