राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एउटा मैदानले कति फरक पार्दछ विद्यालयमा


    • राष्ट्रसेवक
    •    
    • June 14, 2022

  • जाजरकोट । तपाईँलाई स्कुल पढ्दाका दिन कत्तिको सम्झना आउँछन् ? पक्कै पनि आउँछन् होला । अनि स्कुल पुग्नासाथ घण्टी बजेको, त्यसपछि दौडादौड गर्दै लाइनमा लागेको, अनि पिटी खेलेर कक्षा कोठामा पसेको त्यो दृश्य मानसपटलबाट हट्ला पो कसरी ! तर, सबै स्कुल तपाईँ हामीले पढेका जस्ता थिएनन्, छैनन् । जहाँ विद्यार्थी पिटी खेल्न लाइनमा लाग्नै पाएनन् । घण्टी बजेपछि सिधै कक्षाकोठामा दौडिन मात्र बानी परे ।

    कर्णाली प्रदेशको जाजरकोट जिल्ला त्यसको जल्दो बल्दो उदाहरण हो । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५, गर्खाकोटस्थित सरस्वती आधारभूत विद्यालयमा एक वर्ष अघिसम्म त्यस्तै थियो । बिहान १० बजे विद्यालयको घन्टी बज्नासाथ विद्यार्थीहरू सरासर आ–आफ्नो कक्षाकोठाभित्र लाग्थे । उनीहरू न लाइन लाग्थे, न पिटी खेल्थे ।

     

  • ताजा समाचार